वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

‘थारु भाषा साहित्यलाई प्रज्ञा प्रतिष्ठानले चासो नदेखाएको गुनासो’

        प्रेम बुढा   |   प्रकाशित मिति: शनिबार, माघ ६, २०७४ ।    

बढैयाताल,बर्दिया ।
थारु भाषाका साहित्यिक सिर्जनामा कमजोरी पत्ता लगाई व्याकरणीय शैली तथा साहित्यिक लेखनी विकास गर्न थारु भाषाका लेखक तथा साहित्यकारहरुको भेला बर्दियामा चलिरहेको छ ।

गुनासोपछि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि तिमिल्सिनाद्वारा थारु भाषाको पत्रिका प्रकाशन, थारु भाषाको शब्दकोष तथा व्याकरण प्रकाशनमा भूमिका खेल्ने प्रतिबद्धता ।

बढैयाताल गाउँपालिकामा शुरु भएको साहित्यिक मेलामा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, थारु भाषामा लेख्दै आएका स्रष्टा, समालोचक, भाषाविज्ञ तथा थारु साहित्यका कथाकार, कवि तथा गजलकार लगायत देशभरका थारु स्रष्टा जम्मा भएका छन् । शुक्रबार थारु लोककथाको समालोचना तथा आख्यान लेखनीमा छलफल गरेका सर्जकहरुले समग्र थारु समुदाय र साहित्यको विकास गर्न शिक्षामा जोड दिनु पर्ने आवश्यकता औँल्याएका छन ।


थारु लेखक संघले गरेको तेस्रो राष्ट्रिय थारु साहित्यिक मेलाका सहभागीले थारु भाषाका रचनालाई राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्न चासो नदेखाएको गुनासो गरे । सहभागीहरुको गुनासोपछि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि तिमिल्सिनाले थारु भाषाको पत्रिका प्रकाशन, थारु भाषाको शब्दकोष तथा व्याकरण प्रकाशनमा भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

शनिबार सकिने साहित्यिक मेलामा लेखक, व्याकरण प्रकाशनमा भाषाविज्ञ तथा सर्जकले साहित्यमा आख्यान लेखन, रंगमञ्चका चुनौति, थारु लोककथा, महिला लेखक र महिला नेतृत्व चुनौतिका विषयमा गहन छलफल गर्ने छन । थारु भाषाका एकदर्जन साहित्यिक कृति विमोचन गरेको राष्ट्रिय साहित्य मेला बढैयाताल घोषणा पत्र जारी गरी सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: