वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

थारु भाषालाई कामकाजको भाषाको रुपमा प्रयोग गर्दै बाँसगढी नगरपालिका

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, कार्तिक ८, २०७४ ।    

बाँसगढी,बर्दिया ।
बाँसगढी नगरपालिकामा अबदेखी थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याईने भएको छ ।
बाँसगढी नगर कार्यपालिकाको असोज ३१ गते बसेको छैठौं बैठकले थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
नगरकार्यपालिकाको यो निर्णयसगैं बर्षौदेखी नेपाली (खस) भाषालाई सरकारी कामकाजमा बाध्यतापुर्बक प्रयोग गर्न बाध्य थारुहरु आफ्नै भाषामा लेखपढ गर्न पाउने भएका छन् । ४८ प्रतिशत थारु भाषी रहेको बाँसगढी नगरपालिकाले थारु भाषाको कार्यान्वयनको रुपमा नागरिक बडापत्रलाई थारु भाषामा लेख्ने र निरक्षरहरुकालागि थारु भाषामै अडियोमा सुनाउने भएको छ भने बिकास निर्माणका लागि उपभोक्ता निर्माण समिति गठन गर्दा थारु प्रथाजनित संगठनका अगुवा बरघरहरुलाई अनिवार्यरुपमा समाबेश गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्: