वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

थारु भाषाको म्युजिक भिडियो सार्वजनिक

        भगतराम थारु   |   प्रकाशित मिति: सोमवार, माघ २२, २०७४ ।    

नेपालगन्ज।
कहाँ जाइतो गोरीको अपार सफलता पछि थारु कलाकार राजकुमार चौधरीको दोश्रो थारु म्युजिक भिडियो आज सार्वजनिक भएको छ ।
कहाँ जाइतो गोरी लचकाइके कमरिया जढल जवानी तु तिर्छि नजरियाले सफलता पाएपछि थारु कलाकार राजकुमारले अर्को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आरकेसी डिजिटलको नौलो प्रस्तुतीमा सार्वजनिक गरिएको आगे आगे मोटरबाइक पाछे पाछे मोटर कारको म्युजिक भिडियो आज सार्वजनिक गरिएको हो ।
गायक विश्वसागर परियार र गायिका सुमन चौधरीको स्वरमा रहेको आगे आगे मोटरबाइक पाछे पाछे मोटर कारको भिडियोमा ठाकुरबाबा नगरपालिका वडा नं. ३ का कलाकार राजकुमार चौधरी र बर्दिया माछागढका पुष्पा चौधरीको मुख्य भुमिका रहेको छ । बर्दियाको ठाकुरबावा नगरपालिकाको बगनाहा, मानपुर, मिर्चैया र बबईमा म्युजिक भिडियोको सुटिङ गरिएको थियो ।
गीतको निर्देशन कृष्ण चौधरीले गरेका छन भने क्यामरामा आर.के.सी. स्टुडियो कोहलपुर पिपरीका रामु चौधरीले गरेका छन । गीतको मोडेलमा राजकुमार र पुष्पामा रहेका छन् भने उनिहरुको साथमा सुरज चौधरी, सुरन चौधरी, विवेक चौधरी, प्रकाश चौधरी र राहुल चौधरीले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: