वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

थारु गीत मार्फत चर्चामा आउँदै गायक विश्वसागर परियार

        भगतराम थारु   |   प्रकाशित मिति: मङ्लबार, बैशाख १९, २०७४ ।    

नेपालगन्ज
बाँके राप्ती सोनारी गाउँपालिका १ बैजापुरका विश्वसागर परियार थारु गायन तर्फ आकर्षित हुदै गएका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्रमा जन्मेका परियार थारु गायनलाई करियर कै रुपमा लैजाने सोच रहेको बताउनुहुन्छ ।

थारु गाउँमा जन्मे हुर्केका गायक परियार थारु गितलाई निरन्तर दिदै लैजाने सोच रहेको उहाँले बताउनुहुन्छ । आधा दर्जन थारु गितमा स्वर दिएका गायक परियार कहाँ जाइतो गोरी लचकाइके कमरिया बोलको गितबाट आफ्नो गायन क्षेत्रलाई सुरुवात गरिएको बताउनुभयो । थारु गितलाई माया गर्ने, थारु संस्कृति जर्गेना र विकास गर्ने सोच रहेको परियार चन्चल चन्चल बानी तोहार, अनलाइन अइहो हो छैली फेसबुकमा च्याट करवी, फोन करहो हो छैली कोहलपुरमा भेट करवी, गोल गप्पा जैसिन तोहार गाल, तु मोर ज्यान ज्यान हो तु मोर प्राण हो लगायत विभिन्न थारु गित बजारमा ल्याईसकेका परियारले दुई वटा थारु फिल्ममा समेत मुख्य कलाकारको भुमिकामा अभिनय गरिसकेका छन् । थारु फिल्म बन्दीदी र प्रेमके बस्तिमा अभिनय गरिसकेका गायक परियार पछिल्लो समयमा थारु गितलाई प्रथामिकता दिदै थारु गायकको रुपमा स्थापित भएर काम गर्ने बताउनुहुन्छ । थारु गायनलाई आफ्नै शव्द, लय र स्वरमा धमाधम गित निकालिरहनुभएका परियार नयाँ नयाँ मोडल तथा नयाँ पुस्तालाई लक्षित गरेर गायनलाई अगाडी बढाउने सोच रहेको बताउनुहुन्छ । तिनएजरले मन पराउने खाले थारु गित निकाल्ने सोच समेत रहेको गायक परियारले बताउनुहुन्छ । गायन क्षेत्रलाई निरन्तरता दिने उहाँको सोचलाई केही दिनमै तिन वटा थारु गित वजारमा ल्याउने तयारी भैरहेको गायक परियारले बताउनुभयो । झुम झुम झुमका वाली बठनिया रे, तु मोर ज्यान ज्यान हो तु मोर प्राण प्राण हो र कहो न का तुहिन कर्ना विचार बा लगायतको गित बजारमा ल्याउने तयारी रहेको उहाँले बताउनुभयो । गित तयार भएपनि रेकडिङग र सुटिङकको काम मात्र बाँकी रहेको उहाँले बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्: