वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

तिम्रै खुशी हेर्नको लागि बाँचेको मन्छे म त- निर्मोही सुशिल

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस ९, २०७४ ।    

मुक्तक
१.
कहिले यता कहिले उता नबाँधेको पुल जस्तो।
तिम्रो मेरो माया मोह नफुलेको फुल जस्तो।
गरेकी छु चोखो माया भन्छेउ सधैं तिमीले,
अनयाशै लाग्न थाल्छ नफुटेको मुल जस्तो ।

२.
घातमाथि घात गर्‍यो बातको के कुरा ।
नभुल्ने बचन लाग्यो बात को के कुरा।
पिइ रहेछु अझै म त पिउछु कि सधैं ?
पिएर पनि नलाग्ने यो मात को के कुरा।

३.
तिम्रै झुठो अश्वासनमा बसेको मन्छे म त।
तिम्रै जवानीको मातमा फसेको मन्छे म त ।
दिनु दियौ झुठो अश्वासन नदेउ अब बिन्ती गर्छु,
तिम्रै खुशी हेर्नको लागी बाँचेको मन्छे म त।

-“निर्मोहि” सुशिल
बाँसगढी – ८ बर्दिया
हाल – कुवेत

प्रतिक्रिया दिनुहोस्: