वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

तालाबन्दी खुल्यो

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, पुस ६, २०७४ ।    

ठाकुरबाबा,बर्दिया।
दुई दिन देखी तालाबन्दी गरिएको बर्दियाको ठाकुरबाबा नगरपालिकाको कार्यालय आज बसेको बैठकमा आन्दोलनरत स्थानिय र नगरपालिकाको आपसी सहमती पछी खुलेको छ । साबिकको बबई नगरपालिकाको जग्गामा भबन निमार्ण हुनु पर्ने, नभए जग्गा फिर्ता हुनुपर्ने माग राख्दै सैनवारका स्थानियले नगरपालिकामा गरेको तालाबन्दी बिहीवार बिहान वार्ताबाट सहमती भएपछी खुलेको हो ।
नगरपालिकाको केन्द्र तय गर्ने गरी यहि पुष २२ गते भित्र नगर सभामा समस्याको समाधानका लागि छलफल गरीने र ठोस निर्णय सुनाएर दुबै पक्ष बिच फेरी छलफल गर्ने निर्णय गरीएको छ । जग्गादाताले उपलब्ध गराउनु भएको जग्गामा भवन निर्माणका लागि सम्भाव्यता अध्ययन गरी पहल अघि बढाउने र भवन निर्माण हुन नसक्ने भए जग्गादातालाई जग्गा फिर्ता गर्नका लागि के कस्तो प्रावधान छ पहल गर्ने निर्णय भएको छ ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले समस्याको समाधानका लागि नगर सभाले गरेको निर्णय नै आधिकारीक हुने बताएका छन । साबिकका नेउलापुर र बगनाहा गाविस मिलेर बनेको बबई नगरपालिका र अहिले थप अरु दुई गाविस गाभिएर ठाकुरबाबा नगरपालिका भएपछी अली धेरै क्षेत्रफल भएको र सबैलाई पायक पर्ने ठाउँमा नगरपालिका स्थापना गरीनुपर्ने सम्पुर्ण नगरवासीको माग भएकाले नगर सभाबाट छलफल गरेर मात्रै काम अघि बढाउने श्रेष्ठले बताए ।


सैनवार गाउँका बडघर भोसु थारु, जग्गादाता सितल सिँह कठायत सहितको वार्ता टोली र नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, उपप्रमुख कृष्णा कुष्मा थारु, प्रशासकिय अधिकृत कृष्णप्रसाद खरेल र ९ वटै वडाका वडाध्यक्ष लगायतको सहभागितामा छलफल भएको थियो ।
साविकको बबई नगरपालिकालाई ५ कठ्ठा जग्गा र एक कठ्ठा ११ धुर जग्गा प्रदान गरेका जग्गादाता सितल सिँह कठायतले नगरपालिकाको भवन निर्माण सुरु गर्नुपर्ने, नभए जग्गा फिर्ता दिनुपर्ने माग राखेका थिए ।
स्थानियले माग पुरा हुनुपर्ने माग राख्दै मंगलवार दिउस तालाबन्दि गरेपछी नगरपालिकामा विभिन्न कामका लागि आएका सेवाग्राहीहरु मर्कामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्: