वि.सं.   मङ्लबार, फाल्गुन ८, २०७४   तदनुसार  20 February 2018

तारा र रचनाले जिते दौड

        प्रेम बुढा   |   प्रकाशित मिति: सोमवार, माघ २९, २०७४ ।    

मधुवन, बर्दिया।
बर्दियाको मधुवन नगरपालिकामा चलिरहेको प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगितामा आज ५ हजार मिटर पुरुष तथा ३ हजार मिटर महिला तर्फको लामो दौड सम्पन्न भए । सम्पन्न भएका दबै विधाको उपाधी भने वडा नं. ९ र वडा नं. ४ ले जितेका छन ।
५ हजार मिटरको पुरुष तर्फको दौड तर्फ वडा नं.९ का तारा बहादुर वि.क. प्रथम भए । उनले १७ मिनेट १० सेकेण्डमा दौड पुरा गरे । त्यस्तै १७ मिनेट ३० दौड पुरा गर्दै वडा नं. ४ का निराजन थारुले द्वितिय स्थान प्राप्त गरे ।
यस्तै १८ मिनेट १० सेकेण्डमा दौड पुरा गर्दै वडा नं. ६ का गणेश चौधरीले तृतिय स्थान आए । यता महिला ३ हजार मिटरको दौडमा वडा नं. ४ की रचना थारु ले १३ मिनेट ३० सेकेण्डमा पुरा गर्दै प्रथम स्थान प्राप्त गरिन । द्धितिय स्थानमा आएकी वडा नं. ५ कि लक्ष्मी बस्नेतले १३ मिनेट ५५ सेकेण्डमा दौड पुरा गरिन । भने १४ मिनेट ११ सेकेण्डमा दौड पुरा गर्दै वडा नं. ४ कि पार्वति थारुले तृतिय स्थान प्राप्त गरिन । यसै विच पानी परे पनि वडा नं. ६ र वडा नं. २ विच आजै भएको फुटबल प्रतियोगितामा १का विरुद्ध ६ गोल गर्दै वडा नंं- ६ विजयी भएको छ । भोलि मंगलबार सम्पन्न हुने फाइनलमा वडा नं. ६ र वडा नंं. ७ विच घम्साघम्सी हुने छ । यस्तै मंगलबार नै महिला र पुरुष तर्फको १ सय मिटर दौड हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: