वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

ताराताल प्रगतीबजार नजिक अजिंगर फेला

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, अशोज २२, २०७४ ।    

मधुवन, बर्दिया ।
बर्दियामा बिहिबार खेतमा अजिंगर भेटिएको छ। मधुवन नगरपालिका-७ ताराताल प्रगती बजार नजिक दुर्लभ मानिएको अजिंगर फेला परेको बताईएको छ ।
तरकारी बारीमा भेटिएको उक्त अजिंगरको लम्बाई १२ फिट लामो रहेको छ। गाउँघरमा देखीने सर्पभन्दा निकै लामो भएकाले किसान सबै डराएपछि स्थानियले प्रहरीलाई खबर गरेको थिए । प्रहरीले करिब २ घन्टा लगाएर उक्त अजिंगरलाई आफ्नो नियन्त्रणमा लिएका थिए । स्थानीयहरुले दुर्लभ प्रजातिको उक्त अजिंगर जिल्ला बन कार्यालयमा बुझाएको वडा अध्यक्ष राजेन्द्र हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: