वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

तस्बिरमा बर्दियाको बाढी अपडेट ! सतर्क रहौँ, शेयर गरौँ ।

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, साउन २९, २०७४ ।    

अहिले बिहानको ९ बज्यो । बबईको सतह अहिले १० मिटर नाघेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जोखिमपूर्ण यो अवस्थामा सम्पूर्ण बासिन्दाहरुलाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित स्थानमा गई बसिदिन अपिल गरेको छ।

बर्दियामा हिजो र आज गरेर २ जनाको ज्यान गई सकेको छ । हिजो बारबर्दिया नगरपालिका १० गन्दर्भ टोलका २९ वर्षिय राजेन्द्र थारुको मृत्‍यु भएको थियो भने आज ठाकुरबाबा नपा.को सत्घरुवामा घर भत्किदा एक जनाको ज्यान गएको खबर छ ।

बर्दियाको ८० प्रतिशत भन्दा बढी भाग जलमग्न छ । पानी परीरहेकाले अझै बढी भाग डुबानमा पर्ने सम्भावना छ ।

हामीलाई बर्दियाका बिभिन्न भागबाट प्राप्त तस्बिरहरु यहाँ प्रस्तुत छ:

चुर्लुम्म भुरिगाउँ बजार !

बानियाभार

 

बारबर्दिया-४, रानीपुर

प्रतिक्रिया दिनुहोस्: