वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

तपाईंको ठाउँमा बाढीको खतरा छ? यी कुराहरुमा विशेष ध्यान दिनुहोला:: [SHARE]

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, साउन २९, २०७४ ।    

१. एउटा झोलामा चिउरा, दालमोठ, पानी जस्ता केहि खानेकुरा, टर्च, आदि जस्ता अत्यावश्यक सामान ठीक पारेर राख्नुस्, ताकी आफू बसेको ठाउँबाट कहिँ सर्न परेपनि केहि समयको लागि राहत होस् ।
२. अत्याधिक जोखिम भएका परिवार वा गाउँका सदस्यहरू कम जोखिम भएको गाउँ वा परिवारमा गएर बस्नुहोला, कम जोखिम भएका गाउँका व्यक्तिहरूले उहाँहरूलाई सहयोग गर्नुहोला ।
३. मोबाइलको अनावश्यक प्रयोग नगर्नुहोला ताकि आकस्मीक समयमा काम लागोस् ।
४. आवश्यक पर्दा सबल युवा युवतीहरूले बालबालिका, असक्त र वृद्धवृद्धाको उद्धारमा लाग्नुहोला ।
५. सकेसम्म मानविय र भौतिक दुबै किसिमका क्षति न्यूनिकरणमा आफुले सके जती योगदान दिनु होला ।
६. सरकारी राहतको भर पर्ने भन्दा पनि तत्काल प्राप्त हुन सक्ने सहयोगको खोजी र तत्काल गर्न सकिने सहयोगमा कसैले पनि कन्जुस्याइँ नगरिदिनु होला ।
७. भरपर्दो सुचना, समाचारको ख्याल गर्नुहोस्। हल्लाको भरमा नआत्तिनुहोस् ।
८. स्थानीय पत्रकार, नागरिक समाज, पार्टिका व्यक्तिहरू, तथा प्रशासनिक व्यक्तिहरूले पनि बाढिपिडितलाई आवश्यक सहयोग गर्नुहोला, ता कि तपाईँहरू त्यहाँ हुनुहुन्छ भन्ने अभाष पीडितहरूलाई होस् ।

केही भएमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा तलको नम्बरहरुमा खबर गर्नुहोला:

जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र : ०८४-४२०९९९
प्रमुख जिल्ला अधिकारी, बर्दिया: ०८४- ४२०१३३
विपद केहि समयको लागि आउँछ, तर हाम्रो सतर्कता र एकअर्कालाई गरिने सानो सहयोगले धेरैको जिन्दगी बच्छ । विपद् व्यवस्थानमा हामी सबै एक भएर लाग्नु जरुरी छ ।

-बर्दिया अनलाईन परिवार
-जिल्ला प्रशासन कार्यालय, बर्दिया 

प्रतिक्रिया दिनुहोस्: