वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

ढोढरीको सिंचाई नहरमा मृत अवस्थामा भेटियो नवजात शिशु !

        प्रेम बुढा   |   प्रकाशित मिति: शुक्रबार, कार्तिक १७, २०७४ ।    

ढोढरी, बर्दिया ।
अलपत्र अवस्थामा बर्दियाको मधुवन नगरपालिका ४ ढोढरी स्थित सिंचाई नहरमा सालनाल सहित मृत शिशु फेला परेको छ । विद्यालय हिडेका विद्यार्थीले पानीभित्र शिशु डुबेको देखेपछि प्रहरीमा खबर गरेका थिए ।
शिशु फालिएको वरपर रगतका दागहरु दखिएका कारण घटना आज बिहानतिर भएको हुन सक्ने प्रहरीको अनुमान छ । अबैधानिक रुपमा बच्चा जन्माएर मार्ने महिलाको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरिक्षक अशोक प्रसाद श्रेष्ठ बर्दिया अनलाईनलाई बताउनु भयो ।


महिना नपुगेको जस्तो देखिएको नबजात बालक गर्भपतन गरेर फालिएको स्थानियले अनुमान गरेका छन । मृत शिशुलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम पठाइएको इलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ ।
केहि महिना अघि बर्दियाकै बारबर्दिया नगरपालिकाको कुशुम्बाघाटमा जन्माएर शिशु फाल्ने महिलाको अझैसम्म पत्ता लाग्न सकेको छैन । अनैतिक सम्बन्धका कारण भएका भ्रुण हत्यामा संलग्नहरुको खोजी घटना भएको केहीदिनसम्म हुने गरेपनि सम्बन्धित निकायले यसलाई बेवास्ता गरिदाँ समाजमा यस प्रकृतिको विकृति बढ्दै गएको स्थानिय भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: