वि.सं.   शुक्रबार, मंसिर २७, २०७६   तदनुसार  13 December 2019

ठूलो परिमाणको लागुऔषध सहित नेपाली नागरिक भारतमा पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, चैत्र २६, २०७५ ।    
Loading...

नेपालगञ्ज (बाँके) ।
भारतको सीमावर्ती क्षेत्र रुपइडिहामा ठूलो परिमाणको लागुऔषधसहित एक नेपाली नागरिक पक्राउ परेका छन् । रुपइडिहा स्थित भारतीय पुलिस र सशस्त्र सीमा बल (एसएसबीं) को संयुक्त टोलीले आइतवार बिहान बाँकेको खजुरा गाउँपालिका–२ का रामबहादुर परियारलाई ५० लाख रुपैयाँ बराबरको स्म्याकसहित पक्राउ गरेको हो ।

रुपइडिहास्थित रोडवेज बस पार्कमा जाँच गर्ने क्रममा परियारले मोटरसाइकलको हेडलाइटभित्र लुकाइराखेको ५० ग्राम स्म्याक बरामद भएको भारतीय प्रहरीले जनाएको छ । बरामद स्म्याकको मूल्य करिब ५० लाख रुपैयाँ पर्ने भारतीय प्रहरीले जनाएको छ । भारतमा लोकसभाको चुनाव नजिकिएसँगै सीमा क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ। जाँचमा कडाइ गरेसँगै एक साताभित्र भारतीय प्रहरीले करिब दुई करोड बराबरको लागूऔषध बरामद भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: