वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

ठाकुरबाबा मन्दिरमा दर्शालुको जुत्ताचप्पलको सुरक्षा गर्दै विकासप्रेमी युवा समुह

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: आइतवार, पुस २३, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
मध्य तथा सुदुरपश्चिमको प्रसिद्ध धार्मिक स्थल बर्दिया जिल्लाको ठाकुरबाबा मन्दिरलाई व्यवस्थित बनाउन सघाउने उदेश्यका साथ बिकासप्रेमी युवा समुहले दर्शालुहरुको निशुल्क जुत्ता चप्पल, झोला र अन्य सामान राख्ने स्टल स्थापना गर्ने भएको छ ।
माघिको अवसरमा पुष ३० गतेदेखी लाग्ने माघी मेलामा मन्दिर दर्शन गर्न आउने भिडमा जुत्ता चप्पल हराउने, मिसिने र मन्दिर वरपर जथाभावी जुताचप्पल हुने विगतको समस्यालाई मध्यनजर राख्दै समुहले उदयराज खनालको संयोजकत्वमा एक उपसमिती निर्माण गरेको जनाएको छ । दर्शालुहरुको जुत्ता चप्पल व्यवस्थापनका साथै दर्शालुहरुको भिड व्यवस्थित गर्न गठित उक्त उपसमितीमा यवन थापा, पवन खड्का, खकिन्द्रा भण्डारी र मुक्तीराम रिजाल रहेका छन ।
विकाश प्रेमी युवा समुह बर्दियाका सम्पुर्ण युवा साथीहरुले ठाकुरबाबा मन्दिरमा आउने भक्तजनहरुको जुत्ता चप्पल, झोला र अन्य सामानको सुरक्षा दिने उदेश्यका साथ नि:शुल्क रुपमा स्टल राखिने भएको संयोजक खनालले बर्दिया अनलाइनलाई बताए । उनका अनुसार भक्तजनहरुको उच्च चापलाई व्यवस्थापन गर्न करिब ५०० झोलाहरु आवश्यक रहेपनि आर्थिक अभावका कारण २०० झोलाहरु राखिने छ । टोकन अनुसार भक्तजनहरुको जुत्ता चप्पल सुरक्षित राखिनेछ । पशुपति नाथ मन्दिरमा जस्तै नम्बर लेखेको झोलामा भक्तजनहरुले जुत्ता चप्पल राख्ने र त्यही नम्बरको कुप्पन प्रदान गरिनेछ फिर्ता हुदा कुप्पन दिने झोला पाउने व्यवस्था गरिने छ । नाम र ठेगाना पनि उल्लेख गरिने छ ।
बिकासप्रेमी युवा समुहले यस अघी पनि बर्दियामा सकारात्मक कार्यक्रमहरु र राहत वितरण पनि सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्: