वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

ठाकुरबाबा ‘प्रथम नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड’ शुरु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, मंसिर २७, २०७५ ।    

भुरिगाउँ,बर्दिया।
ठाकुरबाबा नगरपालिकामा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । बुधवारदेखी शुरु भएको प्रतियोगिताको उद्घाटन ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घन नारायण श्रेष्ठले गरेका हुन । मंसिर २९ गतेसम्म चल्ने प्रतियोगिता वडा नं १ को सिंहवाहिनी खेल मैदानमा भईरहेका छन ।
प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड अन्तरगत भलिबल, खोखो, एक सय मिटर, २ सय मिटर, ४ सय मिटर र सय गुणा ४ रिले, सटपट, लङजम लगायतका खेल खेलाईने जनाइएको छ । नगरपालिका भित्रका सरकारी र संस्थागत गरी २४ वटा विद्यालयहरु सहभागिता रहेको छ । नगरस्तरिय खेलकुद प्रतियोगिता ठाकुरबाबा नगरपालिकाको आयोजना र संस्थागत विद्यालय युनियनको सहआयोजनामा गरिन लागेको हो।
उद्घाटन समारोहमा प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठ, वढैयाताल गाउँपालिकाका अध्यक्ष लालवहादुर श्रेष्ठ, शिक्षा विकास तथा समन्वय एकाई बर्दियाका इकाई प्रमुख डण्डपाणी शर्मा, संस्थागत विद्यालय युनियन ठाकुरबाबाका अध्यक्ष घनश्याम शर्मा अधिकारी, नगरस्तरीय सहकारी संजालका संयोजक दामोदर अधिकारी, नेकपा नगर कमिटी प्रमुख चक्र भण्डारी, किसान मावि वनकट्टीका प्रधानाध्यापक नवराज ढुंगाना लगायतको उपस्थिती रहेको थियो।
उद्घाटन कार्यक्रम ठाकुरवावा नगरपालिका स्तरीय शिक्षा तथा सामाजिक विकास समितिका संयोजक एवं ठाकुरवावा नगरपालिका ९ वडाध्यक्ष राधा चौधरीको अध्यक्षतामा सम्पन्न भएको वडा नं ३ का वडाध्यक्ष श्रीकृष्ण थारुले जनाएका छन।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...