वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

ठाकुरबाबा नपामा शिक्षाको भावी दिशा र लक्ष्य सम्बन्धी छलफल तथा अन्तरक्रिया सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, साउन १४, २०७४ ।    

ठाकुरबाबा, बर्दिया।
ठाकुरबाबा नगरपालिकाको शिक्षाको भावी दिशा र लक्ष्य सम्वन्धि एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम त्रिभुवन माध्यामिक विद्यालय भुरिगाउंमा सम्पन्न भएको छ ।
ठाकुरवावा नगरपालिकामा शिक्षाको अवस्थाको बारेमा छलफल गरि समग्र नगर शिक्षा बिकासको योजना बनाउने उद्येश्यले आयोजित कार्यक्रममा नगरप्रमुख घननारायण श्रेष्ठले ठाकुरबाबा नगरपालिकालाई शैक्षिक केन्द्रका रुपमा विकसित गर्नका लागि सुझाव प्रस्तुत गर्न तथा त्यसका लागि सहयोग गर्न सबैमा आग्रह गर्नु भयोे ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका उपप्रमुख कृष्णा कुश्मा थारू, चुरे क्याम्पस, वगनाहाका क्याम्पस प्रमुख कृष्णप्रसाद पौड्याल, मनुषा टिकासिंह वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख युवराज अधिकारी, स्रोतव्यक्तिहरू वालकृष्ण आचार्य, नन्दराम अधिकारी लगायतका वक्ताहरूले नगरपालिका क्षेत्रको विकासका लागि सवैले हातेमालो गरेर अघि बढ्नु पर्ने विचार व्यक्त गर्नुभयो ।
ठाकुरबाबा नगरपालिका अन्तरगतका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिको सहभागीता रहेको कार्यक्रममा सवै सहभागीहरूले आ-आफ्नो विद्यालयको अवस्था र समस्या तथा सुझाव प्रस्तुत गर्नु भएको थियोे ।
वडासचिव कृ्ष्णप्रसाद उपाध्यायले संचालन गर्नुभएको कार्यक्रममा प्राप्त सुझावहरूलाई ठाकुरबाबा नगरपालिकाले सुझावको रूपमा ग्रहण गर्नुका साथै नगर शिक्षाका बारेमा आवश्यक योजना बनाउन नगरपालिका क्षेत्रका २ जना स्रोतव्यक्ति र ६ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक सदस्य रहेको समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: