वि.सं.   आइतवार, फाल्गुन ६, २०७४   तदनुसार  18 February 2018

ठाकुरबाबा नपाको आयोजनामा माघ १० गते वृहत रक्तदान कार्यक्रम हुँदै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, माघ ६, २०७४ ।    

बगनाहा, बर्दिया ।
बर्दियामा वृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजनामा माघ १० गते भुरिगाउँमा वृहत रक्तदान कार्यक्रम हुन लागेको हो ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय बैठकले रक्तदान कार्यक्रमका बिषयमा छलफल गरेको थियो ।
ठाकुरबाबा नगरपालिका सहित सम्पुर्ण बर्दियाबासी इच्छुक महानुभाबहरुलाई रक्तदान शिविरमा उपस्थीत भई रक्तदान गर्न नगर प्रमुख घननारायण श्रेष्ठले आग्रह गरेका छन । ठाकुरबाबा नगरपालिकामा पहिलो पटक हुन लागेको रक्तदान कार्यक्रम अब देखी हरेक ३ महिनामा आयोजना गरिने जनाइएको छ ।
उक्त रक्तदान कार्यक्रम र्सिजना बचत तथा ऋण सहकारी संस्था, लायन्स क्लब भुरीगाउँ, थारु समुदाय बिकास मन्च, भुरीगाउ खानेपानी उपभोक्ता समीति, स्वास्थ्य चौकि व्यबस्थापन समिती, हिमालय सहकारी संस्था, विश्वासीलो साकोस, प्रगती साकोस, किसान कमैया साकोस,साना किसान कृषी सहकारी संस्था, नारी शक्ती केन्द्र, आर्ट अफ लिभीङ, युबा सन्जाल र नेपाल रेडक्रस बगनाहा उपसाखा सहआयोजनामा सम्पन्न हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्: