वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

ठाकुरबाबा नगरस्तरिय सहकारी समन्वय समिति गठन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, माघ १, २०७४ ।    

बगनाहा, बर्दिया।
ठाकुरबाबा नगरपालिकामा रहेका विभिन्न सहकारी सस्थाहरुको समन्वयमा नगरस्तरिय समन्वय समिती गठन गरिएको छ। नगरपालिकाको पहलमा आईतबार बसेको सहकारीहरुको बैठकले सिर्जना साकोसका अध्यक्ष दामोदर अधिकारीको संयोजकत्वमा १३ सदस्यीय नगरस्तरिय सहकारी समन्वय समिति गठन गरेको हो ।


नवगठित सहकारी समन्वय समितिमा नवराज ढुंगाना, सरिता शर्मा, उदय केसी, मदन थापा, कृष्ण प्रशाद शर्मा, हेमा विक, नवराज न्यौपाने, मेनका पोख्रेल, जीवन शाही, धन बहादुर रजगैया, रन्जना चौधरी र सन्तोषी चौधरी सदस्य चयन गरिएको छ ।


सो बैठक नगरपालिका नगरप्रमुख घननारायण श्रेष्ठको समुपस्थितिमा उपप्रमुख कृष्णा कुश्मा थारुको अध्यक्षतामा बसेको थियो ।
ठाकुरबाबा नगरस्तरिय सहकारी समन्वय समितीको पहिलो बैठक माघ ७ गते बस्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: