वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

ठाकुरबाबा नगरपालिका २ वटा होमस्टेमा अनुगमन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, चैत्र १८, २०७५ ।    

भुरिगाउँ (बर्दिया) ।
बेस बर्दियाको आयोजनामा ठाकुरबाबा नगरपालिका अन्तरगतका २ वटा होमस्टेहरुमा अनुगमन गरिएको छ । बेस बर्दियाका अध्यक्ष बिष्णु थारु, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, वडा नम्बर ९ का वडा अध्यक्ष राधा चौधरी, श्रोत ब्यक्ति नन्दाराम अधिकारी, पत्रकार भाबुक योगी, वडा सदस्य बडघर लगाएतको टोलीले होमस्टे अनुगमन गरेको हो ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ को गोबिन्दपुर होमस्टे तथा वडा नम्बर ९ को सामुदायिक सुन्दर होमस्टेमा होमस्टेको अबस्था, सामाग्रीको प्रयोग ब्यवस्थापन लगायतका विविध विषयमा अनुगमन गरिएको बेस बर्दियाको अध्यक्ष बिष्णु थारुले बताए । होमस्टे अनुगमनका क्रममा होमस्टेको व्यबस्थापन उचित पाईएको बताईएको छ ।

ठाकुरबाबा नगरपालिका र तराई भुपरिधी कार्यक्रम तालको संयुक्त आयोजनामा होमस्टमो शौचालयको काम पनि तिव्र गतिमा अघि बढिरहेको पाईएको अध्यक्ष थारुले बताए । होमस्टेहरु निर्माणकै क्रममा रहेको र होमस्टेहरुले ठाकुरबाबा नगरपालिकामा पर्यटक भित्र्राउनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि व्याकवार्ड सोसाईटि एजुकेशन बेसको आयोजना र लुथरल वल्र्ड रिलीफको सहयोग तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा दुई वटै होमस्टेहरुलाई होमस्टे सामाग्री वितरण गरिएको थियो । होमस्टे सम्बम्धी तालीम लिएका १० जनालाई प्रत्यक ब्यक्ती २९ हजार ८ सय ५० रुपैया बराबरका सामाग्रीहरु वितरण गरिएको हो । बेरोजगार बसिरहेका युवाहरुलाई बेस बर्दियाले बिभिन्न किसीमका तालिमहरु प्रदान गरि सहयोग गर्दै आईरहेको छ ।

ठाकुरबाबा नगरपालिका सहित समग्र बर्दियामा नै २०७६ लाई पर्यटन भ्रमण बर्षका रुपमा मनाउने तयारी गरिरहेका बेला बर्दियामा पर्यटकहरु भित्र्याउन सम्पुर्णको भुमीका महत्वपुर्ण हुने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...