वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

ठाकुरबाबा नगरपालिकामा नेपाली काङ्रेसबाट मक्कुराम र लीलाको उम्मेद्वारी

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, जेष्ठ ३१, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
नेपाली काङ्रेसले बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।  ठाकुरबाबा नगरपालिकामा नेपाली काङ्रेसले मेयरमा मक्कुराम थारु र उपमेयरमा लीला भाटको उम्मेद्बारी तय गरेको हो । 
अन्य दलहरुले भने ठाकुरबाबा नगरपालिकामा यसअघि नै आफ्नो उम्मेद्वार खडा गरी प्रचारप्रसारमा लागिसकेका  छन । ठाकुरबाबा नगरपालिकामा नेकपा एमालेबाट मेयरमा घननारायण श्रेष्ठ र उपमेयरमा विना भट्टराई हुनुहुन्छ भने माओबादी केन्द्रबाट नेत्रराज आचार्य मेयरमा र कृष्ण कुष्माथारु (आस्था) उपमेयरको चुनावी दौडमा हुनुहुन्छ । त्यस्तै रा.प्र.पा.बाट मेयरमा श्रीराम थारु र उपमेयरमा अमृता खड्काको उम्मेद्वारी छ ।

यसैबिच नेपाली काङ्रेसले मधुवन नगरपालिकाको लागि मेयरमा जग्गाप्रसाद पाण्डे र तुलसी पुन मगरको नाम उपमेयरमा टुङो लागेको जनाएको छ ।
नेपाली काङ्रेस बर्दियाले अन्य नगरपालिका र गाउँपालिकामा भने यसअघि नै उम्मेद्बारी तय गरिसकेको थियो । यी दुई नगरपालिकाको उम्मेद्बारी जिल्लाबाट टुङो लाग्न नसकेपछी केन्द्रमा सिफारिस गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: