वि.सं.   बुधबार, अशोज २९, २०७६   तदनुसार  16 October 2019

ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ५ द्वारा घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, चैत्र २१, २०७५ ।    

भुरिगाउँ (बर्दिया)
ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ५ ले घरदैलोमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । हिजो बुधबार झण्डै १५१ जना लाभग्राहिले सेवा लिएको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का कार्यालय सहयोगी प्रेम प्रसाद खनालले बर्दिया अनलाईनलाई जानकारी दिए ।

अन्य जेष्ठ नागरीक ७१ जना,  दलित जेष्ठनागरिक ३ जना,बिधुवा ५४ जना , पुर्ण अपाङ्ग ७ जना , अशक्त अपाङ्क ८ जना र दलित बालबालिका ८ जना गरी १५१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । सोमबार १ सय ३५ जनालाई भत्ता वितरण गरिएको थियो भने मंगलबार ८८ जना लाई भत्ता बितरण गरिएको थियो । नगरपालिकाले विगतका वर्षहरुमा बैंक मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता यस आर्थिक बर्षको दोस्रो चौमासीक रकम वडा नम्बर ३,देखी ७ मा नगदै वितरण गर्ने निर्णय गरेपछि भत्ता वितरणको काम सुरु भएको हो ।

ठाकुरबाबा नगरपालिकाका वडा नम्बर १ र २ तथा वडा नम्बर ८ र ९ का सेवाग्राहिको सामाजीक सुरक्षा भत्ता भने बैंक मार्फत नै वितरण गरिने छ । बीहिबार ठाकुरबाबा नगरपालिका ५ का बाम्कि रहेका लाभग्राहिका लागी वडा कार्यालयबाट भत्ता वितरण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...