वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

ठाकुरबाबा नगरपालिकाको बजार अनुगमन कार्यबिधी तयार

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ ९, २०७६ ।    

भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालीकाले बजार अनुगमन कार्यबिधी तयार पारेको छ । ठाकुरबाबा नगरपालिका नगरकार्यपालिकाको बैठकले बजार अनुगमन कार्यबिधी तयार पारेको हो । बजार अनुगन गर्न सहजता प्रदान गर्ने उद्देश्य सहित बजार अनुगमन कार्यबिधी तयार पारिएको ठाकुरबाबा नगरपालिका योजना शाखाका प्रमुख कृष्ण पाण्डेले बताए ।

उपभोक्ता स्वास्थ्य सुविधा र आर्थिकहित कायम राख्न उपभोक्ता वस्तु वा सेवाको गुणस्तर परिमाण एवम् मुल्यको अनियमीतताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्न बजार अनुगमन नियमीत गर्नुपर्ने निष्कर्ष सहित कार्यबिधि तयार गरिएको जनाईएको छ । यसअघि ठाकुरबाबा नगरपालिकाको बगनाहा, ठाकुरद्वारा, शाहिपुर, बकुवा लगायतका बजारहरुमा अनुगमन गरिएको थियो । बजारमा दैनिक उपभोग्य सामानमा व्यापारीहरुबाट हुनसक्ने अनियमित कार्यलाई रोक्न र त्यस्तो कार्य निरुत्साहित गर्न ठाकुरबाबा नगरपालिकाले बजार अनुगमन गर्ने जनाइएको छ ।

चाडबार्डका बेला मात्रै बजार अनुगमन गरिने भएपनि नगरपालिकाले अहिले बजार अनुगमनको कार्य तीब्र पारेको हो । केबल दशैं तिहारको समयमा बजारका एक दुई ठाउँमा हुल बाँधेर अनुगमन गर्न जाने र हल्लीखल्ली मच्चाउने कार्यले मात्रै उपभोक्ताहरुमाथि न्याय हुन नसक्ने निश्कर्ष नगरपालिकाले निकालेको छ । बजार अनुगमन कार्यबिधी तयार भएसंगै बजार अनुगमन गर्न सजिलो हुने जनाइको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...