वि.सं.   आइतवार, मंसिर २२, २०७६   तदनुसार  8 December 2019

ठाकुरबाबा नगरपालिकाका कृषकहरुलाई तरकारी खेती सम्बन्धी तालिम प्रदान

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, चैत्र २९, २०७५ ।    
Loading...

बिमला ढकाल, बर्दिया।
ठाकुरबाबा नगरपालिका अन्तर्गतका कृषकहरुलाई तरकारी खेती सम्बन्धी ३ दिने तालिम प्रदान गरिएको छ । ठाकुरबाबा नगरपालिका कृषी शाखाले अनुदानमा छनोट भएका तथा तरकारी खेतीमा अग्रज कृषकहरुका लागी ३ दिने तालीम प्रदान गरेको हो ।
आधुनिक प्रविधीबाट व्यबसायिक तरकारी खेती गर्न कृषकहरुलाई प्रेरित गर्ने र ठाकुरबाबा नगरपालिकालाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने उद्देश्य सहित तालीमको आयोजना गरिएको ठाकुरबाबा नगरपालिका कृषी शाखाका प्राविधीक बिरेन्द्र रावतले जानकारी दिए ।
ठाकुरबाबा नगरपालिका कृषी शाखाद्धारा आयोजित तालीममा ठाकुरबाबा नगरपालिकाका अनुदानमा छनोटमा परेका कृषकहरु तथा कृषी क्षेत्रमा अग्रज व्यवसायिक कृषक, कृषक समुह, विभिन्न समन्वय समिती लगाएतका ३० जनाको सहभागीता रहेको थियो ।
तालीममा ठाकुरबाबा नगरपालिका कृषी शाखाका प्राविधीक बिरेन्द्र रावत, दिलीप बैगर र पशुशाखा प्राविधीक जिवन कंडेल लगाएतले सहभागी कृषकहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: