वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

ठाकुरबाबाका २ जना महिलालाई भारत तर्फ लैजादै गर्दा पाण्डे पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४ ।    

गुलरिया, बर्दिया ।
मानव बेचविखनको आरोपमा एक महिला पक्राउ परेकी छन् । बर्दियाको मधुवन नगरपालिका- ५ कि ५८ बर्षिया भद्राकुमारी पाण्डेलाई मानव बेचविखनको आरोपमा जिल्ला प्रहरी कार्यालय र सानाहातहरु नेपाल संस्थाको संयुक्त टोलीले पक्राउ गरेको हो ।
बर्दियाकै ठाकुरबाबा नगरपालिका वडा नं -२ र ३ बस्ने २ जना महिलालाई भारत तर्फ लैजादै गर्दा पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिलालाई बैदेशिक रोजगारीका लागि भारतको नयाँदिल्ली हुँदै कुवेत पुर्‍याउने उद्देश्यले लैजान लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई बर्दिया मधुबन नगरपालिका-३ धनौरा सिमा क्षेत्रबाट पक्राउ गरिएको हो ।
पीडितद्वयलाई उद्धार गरी पीडक पाण्डेमाथी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्: