वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

ठाकुरद्धाराको पटुवा कुलोबाट बिजुली निकालिने

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: आइतवार, पुस १७, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।

बर्दियाको ठाकुरद्धारामा रहेको स्थानिय पटुवा कुलाबाट विद्युत निकाली स्थानियलाई सुबिधा दिन हाईड्रोपावर निर्माण हुने भएको छ ।

नेपाल सरकार उर्जा मन्त्रालय अन्र्तगत ग्राभिटीसनल भोरटेक्स पावर प्लान्ट कार्यक्रम अन्र्तगत ९० लाख रुपैँयाको लागतमा कर्णाली नदीबाट आएको सिँचाई कुलो पटुवा कुलाबाट बिजुली उत्पादन गर्न हाईड्रोपावर निर्माण हुने भएको हो ।

 हाईड्रोपावर निर्माणका लागि बल बहादुर बराईलीको अध्यक्षतामा १९ सदस्यीय समती गठन गरीएको छ । समितीको उपाध्यक्षमा रामकृष्णी थारु, कोषाध्यक्षमा जय बहादुर बम र सचिवमा हरीराम थारु रहनु भएको छ ।

ईन्जीनियरीङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पस ललितपुरबाट आएका विद्यार्थी टोलीले निमार्णको जिम्मा पाएका छन् । उर्जा मन्त्रालयबाट आउनुभएका ईन्जीनियर सागर ढकालका अनुसार ९० लाख लागतमा ३० किलोवाट क्षमता रहेको हाईड्रोपावर असार मसान्त भित्र सम्पन्न हुने र स्थानिय २ सय घरपरीवार लाभान्वित हुने भएका छन् ।

लोडसेडिङ्ग र लो भोल्टेजको समस्याका कारण स्थानियलाई पर्न गएको समस्यालाई केही हदसम्म न्युनिकरण गर्ने उदेश्यले स्थानिय कुलाबाट बग्ने पानीको सदुपयोग गरी नमुना हाईड्रोपावर निर्माण गरी विद्युत उत्पादन गर्न लागिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: