वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

ज्यान मार्ने धम्की आएपछि पत्रकारले दिए उजुरी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, भदौ १९, २०७६ ।    

भुरिगाउँ, बर्दिया ।
ज्यान मार्ने धम्की आएपछि पत्रकार भावुक योगीले सुरक्षाको माग गर्दै प्रशासनमा उजुरी दिएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका सचिव एवम् उज्यालोका बर्दिया संवाददाता योगीलाई ज्यान मार्ने धम्की आएपछि उनले सोमबार जिल्ला प्रशासन कार्यालय बर्दियामा उजुरी दिएका हुन् ।

अपरिचित व्यक्तिले फोनबाट अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएपछि योगीले जिउ ज्यानको सुरक्षासहित दोषीलाई पक्राउ गरी कारवाहीको माग गर्दै उजुरी दिएका हुन् । नेपाल टेलिकमको नम्बरबाट अपरिचित व्यक्तिले पत्रकार योगीलाई गाली गलौज सहित ज्यान मार्ने धम्की दिएको थियो ।

आइतबार राति ११ बजेतिर अपरिचित व्यक्तिले फोनमार्फत् ज्यान मार्ने धम्की दिएको पीडित योगीले बताए । घरमै बसिरहेको समयमा कमल शाही पाल्पा घर बताउने व्यक्तिले आफू पनि पत्रकार भएको र तिम्रो श्रीमती र तिमीलाई मार्छु, काट्छु भन्दै ज्यान मार्ने धम्की दिएको उनले बताए । योगीलाई धम्की दिने व्यक्ति पत्ता लगाई तत्काल कारवाही गर्न नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...