वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

जैविक विविधता संरक्षण सम्वन्धी वालकथा लेखन कार्यशाला सुरु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, कार्तिक २०, २०७४ ।    

ठाकुरद्वारा, बर्दिया ।
जैविक विविधता तथा वातावरण संरक्षण सम्वन्धी ५ दिने वालकथा लेखन कार्यशाला ठाकुरद्वारामा सुरु भएको छ ।
विद्यालय वातावरण संरक्षण शिक्षा संजाल “सेन्स“ नेपाल र परिचय पव्लिकेशनको आयोजनामा आयोजित कार्यशालाको उद्घाटन गर्दै प्रमुख अतिथी ठाकुरवावा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले साहित्यले मानिसलाई सभ्यताको वाटोतर्फ लैजाने बताउँदै कार्यशालाले वालवालिकाहरूलाई वातावरण तथा जैविक विविधताको संरक्षण तथा मानव वन्यजन्तु न्यूनीकरणको पक्षमा भुमिका खेल्न अग्रसर वनाउनु पर्ने बताए ।
कार्यक्रमका विशेष अतिथि जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले जैविक विविधता र वातावरण संरक्षणले आर्थिक उन्नति र समृद्धि ल्याउछ भन्ने कुराको ज्ञान विद्यार्थी र समुदायलाई दिन सकेमा मात्र संरक्षणका कार्यक्रम प्रभावकारी हुने भयकाले शिक्षणलाई प्रकृति र दैनिक जीवनसंग जोड्नु पर्ने विचार व्यक्त गरे ।
सेन्स नेपालमा आवद्ध विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको कार्यशालामा साहित्यकार तथा लेखक प्रमोद प्रधान, अनन्त वाग्ले,गोविन्द आचार्य ,नविन खतिवडा लगायतका प्रशिक्षकहरुले बालकथा लेखनका वारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: