वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

जिल्लैभरी चुनाव चलिरहँदा तिङ्लाबासी भन्छन्-‘नो भोट, नो क्यान्डिडेट’

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, मंसिर १०, २०७४ ।    

तिङ्ला,सोलुखुम्बु ।
सोलुखुम्बुको तिङ्लाका कुनैपनि नागरिकले आज भईरहेको चुनावमा सहभागी हुन चाहिने मतदाता परिचयपत्र लिएका छैनन् ।
तिङ्लामा २५ सय ७५ मतदाता रहेपनि कसैले पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतदाता परिचय पत्र लिन नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राज्य पुनसंरचनाका क्रममा तिङ्लालाई नेचासल्यान गाउँपालिकामा राखेको विरोधमा तिङ्लाबासीले ‘नो भोट, नो क्यान्डिडेट’ अभियान चलाएका हुन् । तिङ्लामा स्थानीय तहको चुनावमा एक मत पनि खसेको थिएन । उनीहरुले तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने माग राखेको खबर उज्यालोमा छ ।

प्रतिक्रिया दिनुहोस्: