वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

मन्त्री सन्तकुमार थारुको उपस्थितिमा जिल्ला दैवीप्रकोप उद्धार समिति बर्दियाको आकस्मिक बैठक: यस्ता छन् निर्णयहरु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, साउन २९, २०७४ ।    

गुलरिया, बर्दिया ।
दुई दिन देखि परेको अबिरल वर्षाका कारण आएको बाढीलाई मध्यनजर राख्दै आईतबार सांझ प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष बिष्णुबहादुर थापाज्यूको अध्यक्षता र पशुपक्षी विकास मन्त्री माननीय सन्तकुमार चौधरी थारु र व्यवस्थापिका संसदका माननीय सदस्य मानबहादुर थारुको बिशेष उपस्थितिमा जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठक बसेको छ । बबई नदी, मानखोला, ओराही खोला तथा कर्णालीमा आएको बाढीले आसपासका क्षेत्रमा पानी पसी जनजिवन अस्तब्यस्त भएको भन्दै तीन वटै सुरक्षा निकायलाई परिचालन गरी खोज तथा उद्धार कार्यलाई तिव्रता दिई प्रभावकारी बनाउने निर्णय गरेको छ । उक्त बैठकले गरेका निर्णयहरु जस्ताको त्यस्तै पढ्नुहोस्:

निर्णय नं. १
मिति २०७४/०४/२८ गते देखि परेको अविरल पानीले बबई नदी, मानखोला, ओराही खोला तथा कर्णालीमा आएको बाढीले आसपासका क्षेत्रमा पानी पसी जनजिवन प्रभावित भएकोले तीन वटै सुरक्षा निकायलाई परिचालन गरी खोज तथा उद्धार कार्यलाई तिव्रता दिई प्रभावकारी बनाउने ।

निर्णय नं. २
आज बैठकमा बाढीबाट क्षति भएको प्रारम्भिक विवरण जानकारी गराइयो ।
निर्णय नं. ३
बाढीबाट प्रभावित व्यक्तिहरुलाई तत्कालको खाद्यान्न प्रवन्ध सम्वन्धित स्थानीय तहले अविलम्ब गर्ने ।
निर्णय नं. ४
बाढीबाट प्रभावित भई अस्थायी आश्रयस्थलमा तत्कालै स्वास्थ्य शिविर संचालन गर्न जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनालाई अनुरोध गर्ने ।
निर्णय नं. ५
बाढीबाट प्रभावित भै अस्थायी आश्रयस्थलमा बसेका व्यक्तिहरुको आश्रयस्थल र विवरण संकलन गर्न तत्काल हेलिकप्टरबाट खाद्यान्न पुर्याउन नेपाली सेनालाई अनुरोध गर्ने ।
निर्णय नं. ६
बाढीबाट प्रभावित भै विस्थापित भएर अस्थायी आश्रयस्थलमा बसेका व्यक्तिहरुलाई खाद्यान्न/राहत सामग्री वितरण गर्न स्थानीय तहको नेतृत्वमा सर्वदलिय संयन्त्रबाट वितरण गर्ने ।
निर्णय नं. ७
बाढीबाट प्रभावित भै विस्थापित भएका व्यक्तिहरुलाई खाद्यान्न तथा राहत वितरण गर्न सरकारी तथा गैरसरकारी संस्थाहरुलाई अनुरोध गर्ने र खाद्यान्न तथा राहत वितरणमा एकद्धार प्रणालीबाट वितरण गर्ने ।

साथै तपशिलका ठाउमा हेलिकप्टरबाट खाद्यान्न सामाग्री पुर्याउन नेपाली सेनालाई अनुरोध गर्ने:
क. बारबर्दिया नगरपालिका वडा नं. ३ वडा कार्यालय रामपुर, वडा नं. ४ पदनाहा, वडा नं. ५ जव्दहवा तथा वडा नं. ८ र ९ को कतर्नियामा
ख. गुलरिया नगरपालिका वडा नं. ११ मदरसा, वडा नं. १२ भैसाही, वडा नं. १० महजदिया, वडा नं. ९ डब्बागाउँ, वडा नं. ८ र ९ टाउन हल, वडा नं. १,२,३ शम्भुशरण मा.वि. खैरापुर र वडा नं. ३ खैरी प्रा.वि.
ग. मधुवन नगरपालिका वडा नं. ९ को पुर्णपुर विद्यालयमा
घ. ठाकुबाबा नगरपालिकाको चुरे मा.वि, त्रिभुवन मा.वि, ठाकुरद्धारा चौकी रानीपुर चोक

प्रतिक्रिया दिनुहोस्: