वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

जापानबाट मृगौला पिडित टेके सुनारको सहयोगार्थ ६१ हजार प्रदान

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, भदौ ५, २०७५ ।    

बर्दिया।
भजन गाउने ओठ भन्दा सेवा गर्ने हात पुण्य हुन्छ भन्ने कुराको चरितार्थ गर्दै परदेशी जीवन बिताउदै आएका दाजुभाइ तथा दिदिबहिनीहरुले बर्दियाका एक मृगौला पिडितलाई सहयोग जुटाएका छन । जापानमा रहेका बर्दिया मधुवनका अर्जुन थापाको विशेष सकृयता र बाँके-बर्दिया मैत्री समाज जापानको पहलमा मृगौला पिडित बर्दिया मधुवन-६ का टेके सुनारको उपचारका लागि रु.६१ हजार रकम संकलन गरि पठाएका हुन ।

परदेशमा आफ्नो गाँस काटेर देशमा पिडामा छटपटाइरहेका दाजुभाइ दिदीबहिनीको सहयोगार्थ रकम जम्मा गर्नु आफैमा गाह्रो कुरा भएपनी साथीभाईबाट रु. ६१ हजार ४४७ जम्मा गरि भक्त बहादुर सुनारको नाममा रहेको गुलरियास्थित नेपाल बैंक लिमिटेडको खातामा पठाएको बाँके-बर्दिया मैत्री समाजका उपाध्यक्ष समेत रहेका मधुवन-७ का अर्जुन थापाले जनाएका छन । यसरी सहयोग गर्नेहरुमा,

-रकम र सहयोग गर्नु हुनेको नाम:
१)सुसील मल्ल, बाँके ¥५०००
२)महेश अमात्य, गोर्खा ¥५०००
३)बिनोद वली, बर्दिया ¥५०००
४)अर्जुन थापा, बर्दिया ¥ ५०००
५)सुरज डिसी, बर्दिया ¥५०००
६)राजु केसी, बर्दिया ¥३०००
७)रामचन्द्र मुडवरी, बर्दिया¥३०००
८)दिल्ली राम निउरे, चितावन¥३०००
१०)ओम पौडेल, बाँके ¥२०००
११)मिन केसी, बाँके ¥२०००
१२)बिनोद कुँवर, बाँके ¥२०००
१३)सुसील केसी, बाग्लुंग¥२०००
१४)मित्र पुन, बाग्लुंग ¥२०००
१५)रोमे पौडेल, बर्दिया ¥२०००
१७)मेघराज कुँवर, चितावन ¥२०००
१८)प्रेम शर्मा, बर्दिया ¥२०००
१९)मधु शर्मा, बर्दिया¥२०००
२०) युवराज रेग्मी, राप्ती समाज जापन दांग ¥२०००
२१)जनक बिक्रम शाही, बाँके¥२०००
२१)सुमीत गिरी, बर्दिया ¥२०००
२२)बिजय ज्ञवाली, बर्दिया¥२०००
२३) अमर केसी, नवलपरासी¥१०००
२४)संजय श्रेष्ठ, काठमाण्डौ ¥१०००

सहयोगी मनहरुलाई संस्था र आफ्नो ब्यक्तीगत रुपमा थापाले धन्यवाद ज्ञापन गरेका छन । बर्दिया अनलाइन टेके सुनारको सुस्वास्थ्य र सहयोगीहरु प्रती आभार प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस्: