वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

बारबर्दिया: जयनगरमा दुग्ध चिस्यान केन्द्र सन्चालनमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, साउन ८, २०७५ ।    
बारबर्दिया, बर्दिया ।
बारबर्दिया नगरपालिकाको वडा नम्बर ६ जयनगरमा दुग्ध चिस्यान केन्द्र सन्चालनमा ल्याईएको छ । करिब १० लाख ५० हजार रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको २ हजार लिटर क्षमता भएको चिस्यान केन्द्रको टया्ङक्कीमा दुध हालेर नगरप्रमुख थारुले उद्घाटन गरेका थिए ।
कृषकहरुलाई ब्यबसायिक पशुपालन क्षेत्रमा प्रोत्साहन गर्नको लागि बारबर्दिया नगरपालिकाको कार्यालय, थारु महिला उत्थान केन्द्र बर्दिया र शुभ लाभ पशु बिकास सहकारी संस्थाको त्रिपक्षीय सम्झौतामा चिस्यान केन्द्र सञ्चालनमा ल्याईएको हो ।
नगरप्रमुख थारुले बारबर्दियामा पहिलो पटक संचालनमा ल्यईएको चिस्यान केन्द्रलाई बर्दियाको नमुना बनाउनुपर्ने बताउदै जसका लागि पर्ने आबश्यक सहयोग गर्न नगरपालिका जहिले पनि तत्पर रहेको जनाए । बारबर्दिया नगरपालिकाको बिकासको आधारको सम्भाबना कृषि र पशु क्षेत्र रहेकोले नगरको कृषि शाखा क्रियाशिल रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्: