वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

‘जमुनी स्वास्थ्य चौकीमा एम्बुलेन्सको आवश्यक : नागरिक समाज

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, जेष्ठ २८, २०७६ ।    

बढैयाताल,बर्दिया।
बर्दिया जिल्लाको बढैयाताल गाँउपालिकाको जमुनी स्वास्थ्य चौकीमा एम्बुलेन्सको आवश्यता रहेको नागरिक समाजका अगुवाहरुले बताएका छन् । बढैयाताल वडा नं २ मा रहेको स्थानीय सभाको नियमित ३/३ महिने बैठकमा नागरीक समाजको अगुवाहरुले जमुनी स्वास्थ्य चौकीमा एउटा एम्बुलेन्सको आवश्यक्ता रहेको बताएका हुन । जमुनी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर स्थापना भएको २ बर्ष भईसकेपनि हालसम्म एम्बुलेन्स नहुदाँ समस्या परिरहेको छ । बर्थिङ्ग सेन्टरको ब्यवस्था भएपछि सुत्केरी महिलाहरु महिनामा २ दर्जन बढी आउने स्वास्थ्यचौकीको तंथ्याकले बताएको छ । त्यस मध्ये बच्चा जन्माउन समस्या भएका महिलाहरुलाई महिनामा २ भन्दा बढी नेपालगंज भेरी हस्पीटल पठाउने गरेको जमुनी स्वास्थ्य चौकीका अनमी मन्जुश्री बस्तोलाले जानकारी गराईन् ।
जमुनी स्वास्थ्य चौकीमा एम्बुलेन्स नभएको कारण गर्भवती महिलाहरुलाई नेपालगंज भेरी हस्पीटल पठाउँदा सोरहवा प्राथमिक स्वास्थ्य चौकीबाट एम्बुलेन्सको माग गर्नु पर्ने जमुनी स्वास्थ्य चौकीका इन्र्चाज चेतनारायण काफलेको भनाइ छ । जमुनी स्वास्थ्य चौकीमा एम्बुलेन्सको माग बढेपछि स्थानीय सभाको बैठकले एम्बुलेन्स खरिदको लागि वडा कार्यालय तथा गाँउपालिकालाई ध्यानाकार्षण गर्ने भएको छ । साथै एम्बुलेन्स खरिदमा सहयोगको लागि बिभिन्न सामाजिक संघ संस्था तथा सरोकारवालाहरुसंग पहल गर्ने भएको छ । एम्बुलेन्स खरिद प्रक्रियाको लागि वडा नं १ का वडा अध्यक्ष शेर बहादुर थापा र वडा नं.२ का वडा अध्यक्ष काजीमान सुनारले समेत पहल गर्ने र सक्दो सहयोग गर्ने बताएका छन् । त्यसैगरि बबई सिचाई आयोजनाको नहरको पनि उचित ब्यवस्थापन गर्न र नहरको मर्मत गर्न गराउन पहले गर्ने पनि भएको छ ।
युएसएआइडी, एफएचलाई३६०को सहयोग र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा भएको कार्यक्रममा बढैयाताल गाँउपालिका वडा नं १ र २ का वडा अध्यक्ष, स्थानीय सभा, रेडियो श्रोता समूहका सदस्य, लगायत राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो स्थानीय सभाको कार्यक्रम संचालन सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङ्ग र सामुदायिक सन्चारकर्मी अनोज थारुले कार्यक्रमको सहजीकरण गरेका थिए । त्यसैगरि आजै नै बढैयाताल गाउँपालिकाको वडा नं. ३ मा पनि स्थानीय सभाको बैठक सम्पन्न भएको छ । सो कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवाली र अध्यक्ष विश्वजित तिवारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...