वि.सं.   आइतवार, फाल्गुन ६, २०७४   तदनुसार  18 February 2018

बर्दियाको सत्खलुवा होमस्टेमा महानायक राजेश हमालको आगमन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, माघ ९, २०७४ ।    

खैरेनी, बर्दिया ।
शनिबार साँझ सत्खलुवा ताल होमस्टेमा तुलनात्मक रुपमा फरक खालको रौनकता देखियो । धुमधामसित अतिथीको स्वागत पनि गरियो । अतिथी थिए – महानायक राजेश हमाल र अन्य कलाकारहरु ।
नेपाली फिल्मी जगतका महानायक राजेश हमाल बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.-९ खैरेनीमा रहेको उक्त सत्खलुवा ताल होमस्टेमा आएपछी स्थानिय खुशीले गदगद भएका थिए ।
यसरी गरियो महानायकको स्वागत, हेर्नुहोस् तस्बिरमा:

स्थानिय थारु नाँचको अवलोकन र खाना खानपान गरेपछी स्थानीय कला संस्कृतिको संरक्षण प्रर्वद्धनका लागि होमस्टेको अहम् भुमिका रहेको प्रतिकृया दिएका थिए ।

तस्बिर साभार: महानायक राजेश हमालको फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्: