वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

जंगली हात्ती गाउमा पसेर दुख दिन थालेपछि स्थानिय आतंकित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, कार्तिक ९, २०७४ ।    

बगनाहा, बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका गाउमा बर्सेनी जगंली हात्तिले दुःख दिने गरेको र सम्बन्धित पक्षले ध्यान नदिएको भन्दै स्थानियले गुनासो गरेका छन । सयौ बिगाहामा लगाएको अन्नबाली उखु खेती तरकारी खेती नष्ट गर्नुको साथै घरगोठ समेत भत्काउने र कहिले काही जीउ ज्यानको समेत क्षति गरेको छ ।

जगंली हात्तीले मध्यवर्ति क्षेत्रका सामुदायिक वन र राष्ट्रिय वन अन्र्तगतका सामुदायिक वन किनारका गाउमा पनि दुख दिन थालेको छ ।

जंगली हात्तीले बुधबार राती ठाकुरबाबा नगरपालिका ५ को तकिया, गोबिन्दपुर र घुम्नाफाटा लगायतका गाउँमा झण्डै २ बिगाहा क्षेत्रफलमा लगाएको धानबाली नष्ट गरेको छ भने ठाकुरबाबा नगरपालिका ५ घम्नाफाटाका देब चरण थारुको घर भत्काएको छ ।

जंगली हात्ती बाहिर आउनबाट रोक्न निकुन्ज किनारमा लगाएको विद्युतिय तारबारले समेत नरोकेको स्थानियले बताएका छन । हात्ती धपाउन निकुन्जले सेना सहितको टोली खटाएको थियो । केहीबेर हात्ती जंगल भित्र भागेपनि पुन गाउँमा आएर धानबाली नोक्सान गरेको स्थानिय मिला थारुले जानकारी दिनुभयो ।

यसैबिच जगंली हात्तीले घर भत्काउने धानबाली खाएर दुख दिन थालेपछि बर्दिया राष्ट्रिय निकुन्ज मध्यवर्ति क्षेत्रका बासिन्दा झै राष्ट्रिय बन आसपासका स्थानिय बासिन्दा पनि आतंकित बनेका छन । गाउमै आएर दुख दिन थाले पछि रातभर हात्ति धपाउन जागग्राम बस्नु परेको स्थानियको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्: