वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

छुट्टा छुट्टै स्थानमा राखिएका दुई प्रेसर कुकर निष्कृय

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, असार १०, २०७६ ।    

गुलरिया बर्दिया ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पूर्व–पश्चिम महेन्द्र राजमार्ग र गुलरिया–भुरिगाउँ हुलाकी सडक अन्तरगत पर्ने दुई छुट्टा छुट्टै स्थानमा राखेको प्रेसर कुकर निष्कृय पारिएको छ ।  दुबै प्रेसर कुकर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो ।

बम भनिएका दुवै प्रेसर कुकरभित्र बालुवा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी मदनजीत महराले जानकारी दिए । गुलरियामा भेटिएको प्रेसर कुकर भित्र बालुवामा केही विष्फोटक पदार्थ जस्तो देखिएपनि कर्तनियाको प्रेसर कुकरमा वालुवा मात्र रहेको प्रहरीले पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्:


Loading...