वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

छानो नभएको घर,आधा पेट : बिचल्लीमा गुलरियाका वृद्ध गन्धर्व दम्पती (भिडियो सहित)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४ ।    

घरजग्गा बन्धकीमा छ । सरकारले बनाइदिने भनेको घर पनि आधा अधुरो सपना जस्तै छ । घरमा आफ्ना सन्तान साथमा छैनन । जेठो छोरा भारतमा कमाउन गएको १० वर्ष भयो कता के गर्दैछन, अवस्था ज्ञात छैन । कान्छो छोराको मानसिक अवस्था ठीक नभएकोले बरालीएर हिड्छन ।


यो दर्दनाक यथार्थ हो बर्दिया सदरमुकाम गुलरिया ९ टेपरीका ८० वर्षीय गगन गन्धर्बको परिवारको । नाजुक आर्थिक अभावका कारण गन्धर्व दम्पती कष्टकर जीवन जिउन बाध्य भएका छन । आर्थिक अबस्था राम्रो नभएकै कारण गन्धर्ब परिवार सरकारले जनता आवास कार्यक्रम अन्तर्गत बनाईदिएको अधुरो घरमा पेटभरी खान पनि पाउने आशमा बसेका छन ।
भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्: