वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

छाडा पशु चौपायाका कारण भुरीगाउँ बजारमा सास्ती

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बिहिबार, असार २९, २०७४ ।    

ठाकुरबाबा,बर्दिया।
ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ बजारको मेनचोक राजमार्ग क्षेत्रमा छाडा छाडिएका पशु चौपायाका कारणले सर्वसाधारणले सास्ती खेप्नु परेको छ । छाडा पशुचौपाया ब्यवस्थापनमा सम्बन्धित निकायले चासो नदीँदा पैदल यात्रु साईकल यात्री, मोटरसाईकल, रिक्सा, बस, जीप, ट्रक लगायत अन्य साधनहरुले समस्या झेल्नु परेको छ ।
सडकमा बस गुडीरहेको अवस्थामा अगाडी आएर गाईको भिँड सडकमा बसीदिने, सडकको बिचमै हिड्नाले बस, जीप, मोटसाइकल, रिक्सा दुर्घटनामा पर्न सक्ने खतरा बढेको छ ।
भुरीगाउँ बजार क्षेत्रमा छाडा पशु चौपायामा अधिकाँश गाईको लस्कर देख्न पाईन्छ । छाडा पशु चौपायका कारण बजार क्षेत्रमा आवत जावत गर्ने स्थानिय, रिक्सा चालक पनि समस्याले गर्दा समस्यामा छन ।
छाडा पशु चौपायले गर्दा ट्राफिक व्यवस्थापन गर्नका लागी बसेका ट्राफिक प्रहरीले पनि आफुहरु यातातायका साधनको व्यवस्थापन गरौ कि छाडा पशु चौपायलाइ धपाउनु अन्यौलमा परेको भन्दै दुखेसो पोख्ने गरेका छन् । छाडा चौपाँया ब्यबस्थापन गर्ने जिम्मा नगरपालिकाको भएपनि छाडा चौपायाँका कारण आफुहरुलाई ट्राफिक ब्यबस्थापन गर्न समस्या हुने गरेको ट्राफिक प्रहरीहरुको भनाई छ ।
ठाकुरबाबा नगरपालिकाका कार्यकारी अधिकृत सुरेश सुनारले बजार क्षेत्रमा छाडा गाई उल्लेखनिय बृद्धी भएपछी कसरी हटाउने, कहाँ लगेर छोड्ने एकिन गरि नगरपालिकाले हटाउनका लागी तत्काल पहल गर्ने बताए ।
अहिले भुरीगाउँ बजार क्षेत्र छाडा गाईको आश्रय स्थलनै बनेको छ । तर पनि छाडा पशु चौपाया व्यवस्थापन गर्नमा अहिले सम्म कुनै प्रभावकारी पहल भएकोे छैन । मुख्य सडकमै पशु चौपायाका कारण दिनहुँ जसो दुर्घटना हुने सम्भावना छ । तर यस तर्फ कुनै निकाय जिम्मेवार बन्न नसकेको स्थानियको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्: