वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

‘छक्का-पन्जा’ पर्‍यो पाईरेसीको सिकारमा; फेसबुकमा भाईरल

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, पुस २८, २०७३ ।    

काठमाण्डौ ।
चर्चित नेपाली कथानक चलचित्र ‘छक्का-पन्जा’ अहिले फेसबुक मार्फत भाईरल बनेको छ ।
अफिसियल्ली बाहिर नआउँदै फेसबुक र युट्युबबाट बाहिरिएपछी यो चलचित्र अहिले पाईरेसीमा परेको हो ।

यसअघि युट्युव मार्फत फिल्म पाईरेसी भएको उदाहरण रहेपनि फेसबुकमा नै फिल्म अपलोड भएको संभवत यो पहिलो पटक हो । निर्माता तथा अभिनेता दिपकराज गिरीले फिल्म पाईरेसी भएको स्विकार गर्दै फेसबुकमा सेयर गर्नेहरु समेत अपराधमा जोडिनसक्ने भन्दै त्यस्तो नगर्न आग्रह गरेका छन् ।

फिल्मको शो को लागी युरोप भ्रमणमा रहेका निर्माता गिरी र निर्देशक दिपाश्री निरौंला भ्रमण छोट्याउँदै नेपाल आउने भन्दै गिरीले नेपाल आएपछि कानुनी प्रक्रियामा लाग्ने फेसबुकमा छन् ।

अर्काको सम्पनि अवैधानिक रुपमा प्रयोग गर्नु, अपलोड गर्नु, सेयर गर्नुलाई जघन्य अपराध मानिन्छ । फिल्म पाईरेसी भईसकेपछि डिजिटल अधिकार प्राप्त कम्पनि हाईलाईट्स नेपालले भोलीबाट ‘छक्का पञ्जा’ युट्युवमा ल्याउने तयारी गरेको छ ।
बिभिन्न पेज तथा अकाउन्टहरु बाट यो फिल्म अहिले बाहिर आएका छन ।

# https://www.facebook.com/arjun.sanu.9/videos/1153231411459300

# https://www.facebook.com/1084366044942690/videos/1298044973574795

प्रतिक्रिया दिनुहोस्: