वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

चेलीबेटी बेचबिखन बिरुद्ध सडक नाटक प्रदर्शन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, कार्तिक २९, २०७४ ।    
चेलीबेटी बेचबिखन बिरुद्ध सडक नाटक

मधुवन, बर्दिया।
मधुवनको रत्नचोकमा चोकमा चेलीबेटी बेचबिखन बिरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।

खुलेआम विज्ञापन गरेरै राम्रो रोजगारीको प्रलोभन देखाएर नेपाली चेलीहरु अप्रत्यक्ष रुमापा बेचिएको अवस्था चित्रण गरिएको नाटकमा नाता सम्बन्ध कै मान्छेहरुद्धारा चेलीबेटी बेचविखनमा लागेका गिरोहहरु पहिला रोजगारीको प्रलोभनमा पारी सिमा पार पुर्‍याउने गरेको बताउदै हाल आएर उनीहरुले विज्ञापननै गरेर सिमा पार पुर्‍याउने गरेका अभिनय गरेका थिए ।
उक्त नाटकमा गुडनेवर्स इनटरनेश्नल दातृ संस्थाको सहयोगमा सोनाह बिकास संस्थाको प्रयोजन, छिमेकी कृषि सहकारी संस्थाको आयोजन र उद्योग वाणिज्य संघ कुशुम्बा बजार संयोजन र ब्यबस्थापनमा नाटक प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्: