वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

चूरे माविको वि.व्य.स.अध्यक्षमा प्रेमप्रसाद खनाल चयन: नमुना विद्यालय बनाउने प्रतिवद्दता

        यज्ञ नेपाल   |   प्रकाशित मिति: मङ्लबार, माघ ९, २०७४ ।    

बगनाहा, बर्दिया ।
ठाकुरबाबा नगरपालिका वार्ड नं.-३ मा अवस्थित चुरे माध्यमिक विद्यालय बगनाहाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रेमप्रसाद खनाल चयन भएका छन । विद्यालय व्यवस्थापन समितिको मंगलबार सम्पन्न बैठकले खनाललाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो ।


शिक्षा ऐनको आठौं संसोधन पश्चात विद्यालयका अभिभावकहरू मध्येवाट छनौट हुने विद्यालय व्यवस्थापन समिति सर्वसम्मतिवाट चयन गर्नका लागि गत वर्षदेखि नैं पटक पटक गरिएको प्रयास सफल नभए पछि यहि पौष १३ गते निर्वाचन मार्फत वि.व्य.स.गठन प्रक्रिया शुरु गरिएकोमा अध्यक्षको चयनसंगै विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सम्पन्न भएको चूरे मा.वि. बगनाहाका प्रधानाध्यापक राजेशकुमार यादवले बताए ।
नवनिर्मित समितिको सदस्यहरुमा फलकुमारी थारू, पहरी थारु, लल्लूराम थारू, माधवप्रसाद खनाल र सीता नेपाली रहेका छन । त्यस्तै विद्यालय रहेको वडाध्यक्ष वा सदस्य वि.व्य.स.सदस्य रहने प्रावधान अनुरुप ठाकुरबाबा नगरपालिका वडा नं.-३ का वडाध्यक्ष श्रीकृष्ण थारु पदेन सदस्य तथा शिक्षक प्रतिनिधिमा असिमकुमार पौड्याल र सदस्य सचिवमा प्रधानाध्यापक राजेशकुमार यादव रहेका छन ।
बर्दिया अनलाइनसंग छोटो प्रतिकृया दिदै नवनिर्वाचित अध्यक्ष प्रेमप्रसाद खनालले विद्यार्थी, शिक्षक र अभिभावक विचको त्रिकोणात्मक सम्वन्धलाई सुमधुर र सुदृढ बनाउदै बर्दिया जिल्लाको अग्रणी शिक्षण संस्था चुरे मा.वि. वगनाहालाई नमूना र उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न क्रियाशील रहने प्रतिवद्दता व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्: