वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

चुरे क्षेत्रमा आगलागी, बबई क्षेत्रमा लागेको आगो चिनिया कम्पनीद्वारा नियन्त्रण

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: आइतवार, बैशाख १७, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
बाँसगढी नगरपालिका–१, बबई क्षेत्र स्थित बर्दिया राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा चाईना ओभरसिज इन्जिनियर ग्रुप खटिएको छ । भेरी बबई डाईभर्सन निर्माण गर्दै आएको चिनीया कम्पनी कोभेकले कम्पनीको ट्याङ्कर, कामदार र श्रोत साधन प्रयोग गरेर डढेलो नियन्त्रणमा सहयोग गरेको हो ।
निकुञ्जमा लागेको डढेलो बबई बजार तर्फ बढ्न थालेपछी कम्पनीले मानविय, गाडी र पूर्वाधार प्रयोग गरी नियन्त्रणमा लिएको हो । नेपालगञ्ज–सुर्खेत रत्नराजमार्गको बबई बजार देखी पश्चिम क्षेत्रमा लागेको डढेलो चिनिया कम्पनीका मजदुर तथा पानी ट्याङ्करको सहयोगबाट नियन्त्रणमा लिईएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनु भयो । डढेलो नियन्त्रण पछी बबई बजार क्षेत्रका दुई सय बढी घर सुरक्षित भएका छन ।
राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिईएको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना चाईना ओभरसिज ईन्जिनियरिङ ग्रुप (कोभेक) ले सुर्खेतको भेरीगंगा नगरपालिका ८, हात्तीखालमा निर्माण गरि रहेको छ । र यो आयोजनामा एक सय पचास जना नेपाली कामदार र २३ जना चाईनिज इन्जिनियर र अन्य सरकारी कर्मचारीहरु र कन्सल्टेन्सी कार्यरत छन ।

प्रतिक्रिया दिनुहोस्: