वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

चुनावमा सहभागि हुने स्वयम सेवकलाइ सुर्खेतमा मतदाता शिक्षा तालीम सुरू

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, चैत्र २६, २०७३ ।    

सुर्खेत ।
स्थानिय तहको चुनावमा सहभागि हुने स्वयम सेवकहरुका लागी सुर्खेतमा मतदाता शिक्षा तालीम सुरू भएको छ । ३ वटा चरणमा गरी २ सय ४० जनालाइ मतदाता स्वयम सेवक तालीम दिइने जिल्ला निर्वाचन कार्यालय सुर्खेतका प्रमुख सुनिता थापाले जानकारी दिनुभयो ।
उनीहरूले गाउँ गाउँ गएर मतदातालाई मतदानसंग सम्बन्धित बिभिन्न बिषयमा जानकारी दिने थापाले बताउनु भयो । सुर्खेत जिल्लामा यो स्थानिय तहको चुनावमा १ लाख ८४ हजार ३ सय ९८ जना मतदाताले भोट हाल्न पाउने निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: