वि.सं.   शुक्रबार, जेष्ठ १०, २०७६   तदनुसार  24 May 2019

चितुवाको आक्रमण बढेपछी ओरालीका स्थानियद्धारा सडक किनार सरसफाई

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बुधबार, पुस २०, २०७३ ।    

ढोढरी, बर्दिया ।
चितुवाको आक्रमण बढेपछी बर्दियाको सुर्यपटुवा ७ ओराली बजारका स्थानियले हुलाकी सडक किनारमा झाडी सरसफाई गरेका छन् । ओराली सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरुले बेलुवामाचड चोक देखि ओराली हुँदै राजापुर सडक खण्ड अन्र्तगत गमक्का देखि ओराली सम्म सडक किनारमा झाडी सरसफाई गरीएको ओराली सामुदायिक वन उपभोक्ता समुहकाका अध्यक्ष कृष्ण परीयारले जानकारी दिनुभयो ।

सडक किनारको दाँया बाँया झाडी सफाई गरेपछी यात्रुहरुले टाढावाटै वाघ चितुवा देख्न सक्ने र घटना कम हुने आशा गरिएको छ । यसै क्षेत्रमा दुई महिनाको अवधीमा ६ जनालाई चितुवाले आक्रमणमा गरी घाईते बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...