वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

चाडपर्वलाई लक्षीत गर्दै सुरक्षा सर्तकतामा बृद्धि

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, अशोज २०, २०७६ ।    
Loading...

विमला ढकाल/भुरिगाउँ (बर्दिया) : दशैंलाई लक्षीत गर्दै सुरक्षा सर्तकतामा प्रहरीले बिशेष निगरानी बढाएको छ । पूर्व पश्चिम राजमार्गमा २४ घण्टा ट्राफिक सहितको चेकिङ भई रहेको ईलाका प्रहरी कार्यालय भुरीगाउँका ईनिस्पेक्टर बसन्त पाण्डेले बताए । चाडपर्वका अबसरमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सर्तकता अपनाउनु पर्ने भएकाले सम्पुर्ण स्थानियहरुलाई सहयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

दशै तथा दिपावलीलाई हर्षोउल्लासका साथ मनाउने वातावरण निर्माण गर्न तथा आपराधिक एवं गैरकानुनी गतिविधी नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना बनाएर कडाईका साथ लागु गरिरहेको जनाएको छ । यस्तै ९ बजेभित्र रक्सि बिक्रि हुने पसलहरु बन्द गराउने र अन्य होटेल तथा पसलहरु १० बजे भित्र अनिवार्य वन्द गराउने तयारी गरिएको समेत प्रहरीले जनाएको छ । राति अबेर सम्म डिजे बजाएर नाचगान नर्गन समेत अनुरोध गरिएको छ ।

जुवा तास खेल्ने र मादक पदार्थ सेवन गरि होहल्ला गर्नेहरुलाई कुनै किसिमको छुट दिईने छैन, कानुन बमोजिमको कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बर्दिया चलान गरिनेछ प्रहरी निरीक्षक पाण्डेले बताए । सुरक्षीत रुपमा दशैलाई हर्षउल्लासका साथ मनाउन ईलाका प्रहरी कार्यालय भुरीगाउँले अनुरोध समेत गरेको छ । चाडपर्वका नाममा हुने बिकृती एवं गैरकानुनी गतिविधीलाई निरुत्साहित एवं नियन्त्रण गर्न तथा ट्राफिक नियमको पालना गराउँन प्रहरीले चेतनामूलक प्रचार प्रसार अभियान समेत चलाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: