वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

घरजग्गाको कर बढाएको भन्दै वडा कार्यालयहरुमा धर्ना, यथासिघ्र संसोधन हुनुपर्ने माग

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, कार्तिक १२, २०७४ ।    

ठाकुरबाबा, बर्दिया
बर्दियाको ठाकुरबाबा नगरपालिकाले घर जग्गाको कर बृद्धि गरेको भन्दै नेपाली काँग्रेस नगर समितीका कार्यकर्ताको अगुवाईमा वृद्धी भएको कर संसोधनको माग गर्दै ठाकुरबाबा नगरपालिकाका ४ र ५ वडा बाहेक अरु वडा कार्यलयमा विरोध जनाईएको छ ।
यस अघि प्रति धुर १ देखि ५ रुपैया सम्म रहेकोमा एक्कासी कर बृद्धि गरी प्रति धुर ३ रुपैँया देखि २५ रुपैया बनाएको भन्दै ठाकुरबाबा नगरपालिका नेपाली काग्रेसका सभापति दिपकराज तिमिल्सेना सहितको टोलीले ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका थियो ।
“नगरपालिकाले मनोमानी ढंगबाट कर बढाएकाले बाध्य भएर हामीले पहिलो चरणमा ज्ञापनपत्र बुझायौ, यसपटक मौन धर्ना कार्यक्रम गरेका छौँ “- नेपाली काँग्रेस ठाकुरबाबा नगर सभापति दिपकराज तिमिल्सेनाले जानकारी दिए । नगरपालिकाले अहिले लगाएको मालपोत लगायतका अन्य कर खारेज गरी तत्काल सरोकारवाला निकायसंग छलफल गरी बैज्ञानिक र ब्यबहारीक तरिकाबाट करको दर रेट कायम गर्नुपर्ने मागमा सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने सभापती तिमिल्सेनाले बताए ।
नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले यस बिषयमा छलफल गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्: