वि.सं.   मङ्लबार, फाल्गुन १३, २०७६   तदनुसार  25 February 2020

ग्लोबल आइएमईको नयाँ शाखा बर्दियाको गुलरियामा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, माघ ८, २०७६ ।    
Loading...

गुलरिया (बर्दिया) : गुलरिया नगरपालिका–६, जि.व.स. रोडमा ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालन संगै ग्लोबल आइएमई बैंकको शाखा सञ्जालको संख्या २६७ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउन विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ सेवा मार्फत् सेवा प्रदान गर्दै आएको छ । बैंकको २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ सेवा छन् ।

यस्तै, नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत् बैंकले १८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । केहि समय अगाडी मात्रै ग्लोबल आइएमई बैंकले साविकको जनता बैंक लिमिटेडलाई गाभेको थियो ।

बैंकले कृषि कर्जा अन्तर्गत बाख्रा पालन, माछा पालन, तरकारी खेती लगायतका कर्जामा १५ लाख सम्म सरल र छिटो ऋण उपलब्ध गराउने ग्लोबल आईएमई बैंक लिमिटेड गुलरिया शाखा प्रमुख राजेश सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: