वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

गौतम भन्छन्- यसकारण मेरो जित सुनिश्चित छ…

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, कार्तिक २२, २०७४ ।    

गुलरिया, बर्दिया।
मंसिर २१ हुने चुनावको सेरोफेरोमा रहेर नेपाली कांग्रेस बर्दिया क्षेत्रीय कार्यसमिति क्षेत्र नं-२ ले गुलरियामा क्षेत्रीय कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
कार्यकर्ता भेलामा बोल्दै सिचाईमन्त्री एंव प्रतिनिधि सभा सदस्यका लागि बर्दिया क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमले बर्दियाली जनताले समृद्धि र परिवर्तनका लागि आफुले गरेका कामहरुको मुल्यांकन गरेर भोट दिने बताए । उनले आफ्नो जितको सुनिश्चित रहेको बताउदै जिल्लाको विकासका लागि विभिन्न प्रतिबद्धताहरु समेत व्यक्त गरे ।
भेलामा मोहन थारु, किशोरीलाल थारु,गोविन्द थारु, मुलचन्द यादव लगायतले बोलेका थिए । कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं-२ का सभापति तथा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: