वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

गौचनका हत्यारा सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन र्‍याली

        छापाबाट   |   प्रकाशित मिति: शुक्रबार, अशोज २७, २०७४ ।    

गुलरिया, बर्दिया ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको राजधानीकै शान्तिनगरस्थित ओम शान्ति चोकमा दिउँसै गोली हानी गरिएको हत्याको विरोध गर्दै बर्दियाका निर्माण व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।


हत्यारा सार्वजनिक गरी दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै बर्दियाका निर्माण व्यवसायीले कालोपट्टी बाँधेर विरोध र्यालीसहित आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले माग पूरा नभएसम्म सम्पूर्ण ठेक्कापट्टाका काम वहिष्कार गरेका छन् ।

हामीले अध्यक्षका हत्यारा पत्ता लगाई कारवाही गर्न सरकारसँग माग गरेका छौं । निर्माण व्यवसायी संघ बर्दियाका उपाध्यक्ष दुर्गा बहादुर विष्टले बताए । सरकारले कुनै पनि हालतमा यथाशिघ्र हत्यारा सार्वजनिक नगरे थप कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।
कालोपट्टी वाँधेर व्यवसायिक सम्पूर्ण काम ठप्प गर्दै आन्दोलनमा उत्रेका छौं । उनले थपे अध्यक्ष उपर भएको घटनाले व्यवसायीलाई स्तब्ध बनाएकाले सत्य तथ्य छानबिन गरी अपराधीलाई सार्वजनिक गर्दै कडा भन्दा कडा कारबाही हुनुपर्छ ।

बाह्रबर्दिया नगरपालिका वार्ड नम्बर ९ निवासी निर्माण व्यवसायी देवेन्द्रकुमार विष्टले भने निर्माण व्यवसायी उपर गोली प्रहार हुनु राज्यलाई समेत चुनौती हो । दोषीलाई कानुनी कठघरामा नल्याएसम्म विकास निर्माणका काम ठप्प पार्ने उनको भनाई छ । राज्यले व्यवसायीलाई सुरक्षाको प्रत्याभूती दिई दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने उनको माग छ ।

निर्माण व्यवसायी संघ बर्दियाको परिषरबाट निकालिएको विरोध र्याली गुलरिया नगरपालिकाको बजार क्षेत्र परिक्रमा गरी समापन गरिएको छ । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्: