वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

गेरुवा गाउँपालिका स्तरिय कृषि मेला प्रदर्शनी शुरु : कृषि आधुनिकरणमा जोड

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बिहिबार, माघ ११, २०७४ ।    

गेरुवा, बर्दिया।
शान्तीबजारमा कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्न गाँउ पालिकाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवं प्रतिष्पर्धा गराउदै उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत तथा थप प्रोत्साहित गर्नका लागि कृषी मेला प्रदर्शनीको आयोजना गरिएको छ । ‘दुई वाली धान खेतीको विस्तार, गेरुवा सम्वृद्धिको आधार’ भन्ने नाराका साथ गेरुवा गाउँपालिकाको शान्तीवजारमा गाउँपालिका स्तरिय कृषी मेला प्रदर्शनी २०७४ को आयोजना गरिएको हो।
कृषि मेला प्रदर्शनीको उद्घाटन गर्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले कृषिमा आत्मनिर्भर नभएसम्म अन्य विकास गतिविधि अगाडी बढन नसक्ने बताउदै कृषि क्षेत्रको विकास र कृषकले उत्पादन गरेका उपजको रक्षाको लागि गाँऊपालिकाले क्रमश: अभियान संचालन गर्ने बताए । उनले कृषकहरुले अवका दिनमा पराम्परागत खेती प्रणालीलाई त्यागेर आधुनिक रुपले उत्पादनमा लाग्न जोड दिए । कार्यक्रममा बोल्दै कृषि विकास कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले नेपाल कृषि प्रदान देश भएर पनि कृषी उत्पादनमा अन्य मुलुकको भर पर्नूपर्ने अवस्था रहेकाले कृषिलाई आधुनिकीकरण गरी उत्पादनमा लाग्नुपर्ने बताउदै राम्रो उत्पादन लिनका लागि सन्तुलित खाद्यतत्वको ब्यवस्था गर्नुपर्ने बताए । रावतले कृषि पेशालाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिए । उद्घाटन कार्यक्रयमा गाँऊपालिका उपाध्यक्ष हेमकुमारी थरुनी , नेकपा एमालेका बम वहादुर राबल, माओवादी केन्द्रका विश्व चौधरी, नेपाली काँग्रेसका दरवारी लाल थारु, वडा नं- ३ का वार्ड अध्यक्ष पुनाराम थारु, सामुदायिक प्रहरी सेवा केन्द्र पाताभारका अध्यक्ष प्रेम रावल, जिल्ला स्तरिय कृषक समन्वय समितिका अध्यक्ष मुक्तिनाराय पौडेल लगायतका वक्ताहरूले कृषि मेला प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।


कृषि मेला प्रदर्शनीमा विभिन्न प्रजातिका खाद्यबाली समूह, फलफुल समूह, तरकारी समूह, सागपात समूह, दलहन तथा तेलहन समूह, आलु समूह, मसला समूह, माछा, मसला वाली , मौरी, उखु लगायत स्थानीय रैथाने जातका कृषि स्टल राखिएको छ । कृषि मेला प्रदर्शनीमा राखीएका विभिन्न बालीमा मुल्याङ्कन गरिएको र मुल्याङ्कनका आधारमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना भएका किसानका कृषि उपज वस्तुहरुलाई नगद पुस्कार तथा प्रमाण पत्र समेत वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: