वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

गेरुवामा वडास्तरिय फुटबल प्रतियोगिता शुरु; महिला तथा पुरुषका १५ टिम सहभागी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, पुस २४, २०७४ ।    

राजापुर,बर्दिया ।
गेरुवा गाउँपालिकामा सोमबारदेखी वडा स्तरिय महिला तथा पुरुष फुटवल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिता गेरुवा गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा गेरुवा गाउँपालिका वडा नं. ४ स्थित नवज्योती बजार खेल मैदानमा संचालन हुन लागेको हो । सात दिनसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको उद्‌घाटन एक समारोहका बिच गेरुवा गाउँपालिकाका वडा नं ५ का वडा अध्यक्ष धर्म प्रकाश थारुले गरेका थिए ।
प्रतियोगितामा गेरुवा गाउँपालिकाका ६ वटा वडाका ५ वटा महिला टिम र १० वटा पुरुष टिम गरी जम्मा १५ वटा टिम सहभागी रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम ,द्वितिय र तृतिय हुने टिम तथा खेलाडीलाई शिल्ड, पदक तथा नगद पुरस्कार प्रदान गरिने खेलकुद विकास समितिका सचिव पूर्ण शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्: