वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

गुलरियामा मेयरकप टि–२० क्रिकेट प्रतियोगिता सन्चालन हुने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, माघ २१, २०७४ ।    

गुलरिया,बर्दिया ।
सदरमुकाम गुलरियामा मेयरकप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । गुलरिया नगरपालिकाको सहयोग तथा जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा पहिलो पटक हुन लागेको प्रतियोगितामा गुलरिया नगरपालिका भित्रका टीमहरु सहभागी हुनेछन ।
गुलरियाको खेल मैदानस्थित कर्भडहलमा माघ २५ गते देखि फागुन ४ गते सम्म लिग कम नकआउटको आधारमा खेलाइने क्रिकेट प्रतियोगितामा गुलरिया नगरपालिका भित्रका ८ वटा टीमहरु सहभागी हुने जिल्ला क्रिकेट संघ बर्दियाका अध्यक्ष विनय राजभण्डारीले बताए । उनका अनुसार ४/४ टीममा विभाजन गरी लिग प्रतियोगिताका १२ वटा खेलमा प्रतिस्पर्धा गराइनेछ।
गुलरिया नगरपालिकामै पहिलो पटक आयोजना हुन लागेको मेयरकप प्रतियोगितामा ब्ल्याकवक क्रिकेट क्लब गुलरिया, जनचेतना युवा क्लब खैरी, हिमाली स्पोर्टस् क्लब चौगुर्जी, बर्दियाटाइगर युथ स्पोर्टस् क्लब गुलरिया, जयदुर्गाभवानी क्लब तुल्सिपुर, शिवशक्ति समाज खैरापुर, खैरापुर स्पोर्टस् क्लब र राईजिङ्ग स्टार स्पोर्टस् क्लब गुलरियाबीच खेल हुने आयोजकले जनाएको छ ।
सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगितामा प्रथम हुने टीमलाई कप, मेडल, प्रमाणपत्रलगायत नगद २७ हजार ५सय रुपैयाँ र द्वितिय हुने टीमलाई नगद ११ हजार ५सय रुपैयाँ प्रदान गरिने जनाइएको छ। त्यस्तै म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद ५सय तथा म्यान अफ द सिरिजका खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार राशी राखिएको छ।

प्रतिक्रिया दिनुहोस्: